काठमाडौं । सोमवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा तीन कम्पनीको शेयर मूल्य समायोजन भएको छ ।
छिमेक लघुवित्त वित्तीय संस्था,गरिमा विकास बैंक र लुम्बिनी विकास बैंकको शेयर मूल्य समायोजन भएको छ ।
यी तीन कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
नेप्सेले छिमेक लघुवित्तको ५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजन पश्चात कम्पनीको शेयर मूल्य रू. ८६५ दशमलव ७१ कायम भएको छ । सोमवार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ९०९ मा अन्तिम कारोबार भएको थियो ।
त्यस्तै नेप्सेले गरिमा विकास बैंकको ९ दशमलव ५० प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजन पश्चात कम्पनीको शेयर मूल्य रू. ३७४ दशमलव ४३ कायम भएको छ ।
सोमवार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ४१० मा अन्तिम कारोबार भएको थियो ।
नेप्सेले लुम्बिनी विकास बैंकको ४ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजन पश्चात कम्पनीको शेयर मूल्य रू. ३८६ दशमलव ५४ कायम भएको छ । सोमवार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ४०२ मा अन्तिम कारोबार भएको थियो ।
नेप्सेले यी तीन कम्पनीको सोमवार कारोबार दिनको अन्तिम मूल्यका आधारमा शेयर मूल्य समायोजन गरेको हो ।
यही समायोजित मूल्यका आधारमा भोलि अर्थात पुस १७ गते यी कम्पनीकोे शेयर कारोबार खुल्नेछ ।