काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समिति सदस्यमा ज्ञानेन्द्र प्रताप साह नियुक्त भएका छन् । कम्पनीले साहलाई संस्थापक शेयरधनी नविल बैंकको तर्फबाट सञ्चालकमा नियुक्त गरेको जनाएको छ ।
कम्पनी सञ्चालक समितिको कात्तिक १ गते बसेको बैठकले उनलाई आगामी चार वर्षको लागि नियुक्त गरेको नेप्सेमार्फत जनाइएको छ ।