काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडले निष्कासन गरेको आईपीओ बाँडफाँट भएको छ । विक्री प्रबन्धक आरविवि मर्चेन्टमा बिहीवार मध्याह्न १ बजे आईपीओ बाँडफाँट भएको हो ।
क्यापिटलका अनुसार आईपीओमा कुल ११ लाख ३४ हजार ९१७ जनाको आवेदन परेको थियो, जसमध्ये २३ सय ८१ जनाको आवेदन रद्द भएको छ । योग्य रहेका ११ लाख ३१ हजार ९ सय ३६ जनालाई गोलाप्रथामा सहभागी गराएर शेयर बाँडफाँट गरिएको छ । जसअनुसार ८५ हजार ९ सय ३० जनाले १० कित्ताको दरले शेयर पाएका छन् ।
कम्पनीले असोज २३ देखि २६ गतेसम्म सर्वसाधारणमा ८ लाख ५९ हजार ३ सय कित्ता आईपीओ निष्कासन गरेको थियो ।
आईपीओ निष्कासनको लागि गराएको रेटिङ्गमा ईक्रा नेपालले कम्पनीलाई ईक्रा एनपी इस्यूअर डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । यो रेटिङ्गले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ ।
कम्पनीले भोजपुरमा ४.७ मेगावाटको अपर चिरख्वा हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ ।