चितवन । चितवन अटोमोबाइल्स एशोसियशनको अध्यक्षमा कुलबहादुर क्षेत्रीे निर्वाचित भएका छन् । शनिवार सम्पन्न १२ औं अधिवेशन तथा २२ औं साधारण सभाबाट क्षेत्री अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्षमा निर्वाचित क्षेत्रीले १५७ मत ल्याए भने उनका प्रतिद्वन्द्वी दीपकमणि पाठकले ११९ मत पाएका थिए ।
एशोसियशनको प्रथम उपाध्यक्षमा राजेन्द्र भट्टराई, द्वितीय उपाध्यक्षमा प्रशान्त पौडेल, तृतीय उपाध्यक्षमा देवीप्रसाद बराल, सचिवमा मोहन केसी, कोषाध्यक्षमा रामशरण भट्टराई, सहसचिवमा अविनाश श्रेष्ठ र सहकोषाध्यक्षमा विवश पिया चयन भएका छन् ।
एशोसियशनको सदस्यहरूमा दीपक कँडेल, किरण सापकोटा, वसन्त देवकोटा, हिमांशु जोशी, जोगेन्द्र प्रधान र सुस्मिता शाह छन् । एशोसियशनको क्षेत्रगत सदस्यहरूमा चिरिञ्जीवी अर्याल र स्किन अधिकारी निर्विरोध निर्वाचित भएका छन् । क्षेत्रगत सदस्य र तृतीय उपाध्यक्षबाहेक अन्य पदहरूमा निर्वाचन भएको थियो ।