चितवन । प्लाष्टिक व्यवसायी संघ, चितवनले आफ्नो २१ औं स्थापना दिवसको अवसरमा मानवसेवा आश्रम, भरतपुरमा भोजन वितरण गरेको छ । संघले भरतपुर–३, बेलचोकमा रहेको मानवसेवा आश्रममा रहेका करीब १२० जनालाई एक छाक खाना खुवाएको हो ।
संस्थागत सामाजिक उत्तरदायित्व र मानवीय सेवाको लागि भोजन वितरण गरिएको संघले जनाएको छ । संघका पदाधिकारी आश्रममै पुगेर खाना खुवाएको संघका सचिव रामकृष्ण दवाडीले बताए ।
कार्यक्रम प्लाष्टिक व्यवसायी संघ, चितवनका अध्यक्ष दीपक काफ्लेको अध्यक्षता एवं पिया प्लाष्टिक इन्ड्रस्टिजका सञ्चालक तेजेश पियाको प्रमुख आतिथ्यतामा भएको थियो । संघले आफ्नो प्रत्येक वर्ष स्थापना दिवसको अवसरमा विभिन्न सामाजिक कार्यक्रम गर्दै आएको छ ।