काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडको निमित्त महाप्रबन्धकमा श्याम तण्डुकार नियुक्त भएका छन् ।
कम्पनीको यही मङ्सिर १८ गते बसेको ५२ औं सञ्चालक समितिको बैठकले तण्डुकारलाई अर्को व्यवस्था नभएसम्मका लागि निमित्त महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको हो । यसअघि तण्डुकार एक्जुकेटीभ म्यानेजर पदमा कार्यरत थिए ।
यसैगरी, कम्पनीका महाप्रबन्धक संजीव थापाले दिएको राजीनामा सञ्चालक समितिकाे बैठकले स्वीकृत गरेको छ ।