काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म १५ करोड ११ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो वर्ष सो अवधिसम्म १ करोड ६८ लाख रूपैयाँभन्दा बढी मात्र खुद नाफा गरेको कम्पनीले गत वर्ष ७९६ दशमलव ४१ प्रतिशतले खुद नाफा बढाएको हो ।
अघिल्लो वर्षको तुलनामा कम्पनीको सञ्चालनबाट आम्दानी साढे ३६ प्रतिशत बढी भएको छ । अघिल्लो वर्ष सञ्चालनबाट ६६ करोड ८९ लाख रूपैयाँभन्दा बढी आम्दानी गरेको कम्पनीले गत वर्ष ९१ करोड ३४ लाख रूपैयाँभन्दा बढी आम्दानी गरेको हो । हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ५३ करोड ४० लाख ९१ हजार रहेको छ । जगेडा कोष रकम भने २३ करोड ४४ लाख रूपैयाँभन्दा बढी ऋणात्मक रहेको छ । अघिल्लो वर्ष यस अवधिसम्म कम्पनीको जगेडा कोष रकम ३९ करोड ५५ लाख रूपैयाँभन्दा बढी रहेको थियो ।
कुल सम्पत्ति ३ अर्ब ७८ करोड रूपैयाँभन्दा बढी रहेको कम्पनीको कुल चालू दायित्व १४ करोड २४ लाख रूपैयाँभन्दा बढी छ । वाह्य तथा आन्तरिक पर्यटकहरूको आगामन बढेसँगै कम्पनीले गत वर्ष खुद नाफामा उल्लेख्य बृद्धि गर्न सफल भएको हो । कम्पनीको प्रतिशेयर आम्दानी ९ रूपैयाँ ८५ पैसा र प्रतिशेयर नेटवर्थ ८४ रूपैयाँ ७२ पैसा छ ।