काठमाडौं । दिब्यश्वरी हाइड्रोपावर लिमिटेडले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीको नोक्सानी गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा बढेको छ ।
गत आवको दोस्रो त्रैमाससम्ममा कम्पनी रू.१५ लाख ५६ हजार नोक्सानीमा रहेकोमा चालू आवमा बढेर रू. ७८ लाख ८६ हजार पुगेको हो । चालू आवमा कम्पनीको वित्तीय खर्चमा वृद्धि भएकाले कम्पनीको नोक्सानी बढेको हो ।
गत आवमा कम्पनीको वित्तीय खर्च रू. २ करोड ८३ लाख रहेकोमा चालू आवमा बढेर रू. ३ करोड ७७ लाख पुगेको हो । यसो त कम्पनीको विद्युत् विक्री आम्दानी भने गत आवको तुलनामा चालू आवमा ३ दशमलव ७४ प्रतिशत वृद्धि भएको छ । गत आवमा कम्पनीले विद्युत् विक्रीबाट रू. ५ करोड ४ लाख आम्दानी गरेकोमा चालू आवमा बढेर रू. ५ करोड २३ लाख पुगेको छ ।
कम्पनी नोक्सानीमा भएसँगै प्रतिशेयर आम्दानी रू. २ दशमलव ९१ ऋणात्मक रहेको छ । त्यस्तै तरलता अनुपात शून्य दशमलव १५ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १२ दशलमव ६९ रहेको छ ।
कम्पनीको चुक्तापूँजी रू. २६ करोड ४० लाख रहेको छ । चालू आवको दोस्रो त्रैमाससम्मा जगेडा कोष रू. २३ करोडभन्दा बढी ऋणात्मक रहेको छ । कम्पनीको अल्पकालीन ऋण रू. ५ करोड ४४ लाख रहेको छ भने दीर्घकालीन ऋण रू. ५८ करोड १९ लाख रहेको छ ।