काठमाडौं । दिव्यश्वरी हाइड्रोपावर कम्पनी लिमिटेडले सत प्रतिशत हकप्रद शेयर निष्कासनका लागि विक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेडलाई नियुक्त गरेको छ । क्यापिटल र कम्पनीबीच आइतवार एक कार्यक्रम बीच बिक्री प्रबन्धक सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
उक्त हकप्रद सेयर विद्युत नियमन आयोगबाट सहमति लिई स्वीकृतिका लागि आगामी साधारणसभाबाट पारित गर्नुपर्ने हुन्छ । त्यसपछि कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएर स्वीकृति पाएपछि मात्रै हकप्रद शेयर निष्कासन गर्नेछ । हाल कम्पनीको चुक्ता पूँजी रू.२६ करोड ४० लाख रहेको छ ।