काठमाडौं । दक्षिण कोरियाको दक्षिण–पूर्वी प्रान्त नर्थ ग्योङसाङका विभिन्न स्थानमा फैलिएको डढेलोका कारण कम्तीमा २७ जनाको मृत्यु भएको छ ।
अन्तरराष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार डढेलोका कारण कम्तीमा ३२ जना घाइते भएका छन् । डढेलोका कारण ३७ हजारभन्दा बढी व्यक्ति घरबारविहीन भएका छन् ।
गत शुक्रवार (मार्च २१) मा शुरु भएको डढेलोले ३६ हजारभन्दा बढी क्षेत्रफलको जंगल नष्ट गरेको छ । तीव्र हावा चलेका कारण डढेलो चाडै फैलिएको बताइएको छ ।
सरकारले डढेलो नियन्त्रणका लागि हेलिकाेप्टरसँगै दमकल परिचालन गरे पनि आगलागी नियन्त्रणमा आउन सकेको छैन ।
दक्षिण कोरियाका राष्ट्रपति हान डक–सुले कार्यवाहक आन्तरिकमन्त्री की–डोङलाई प्रभावित प्रान्तमा रहेर डढेलोबाट प्रभावित व्यक्तिलाई राहतको व्यवस्था गर्न निर्देशन दिएका छन् । एजेन्सीको सहयोगमा