काठमाडौं । दोल्ती पावर कम्पनी लिमिटेडले चालू आर्थिक वर्ष (आव)को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको विद्युत विक्री आम्दानी गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा वृद्धि भएको छ ।
गत आवमा कम्पनीले विद्युत विक्रीबापत रू. ३ करोड ५० लाख आम्दानी गरेकोमा चालू आवमा बढेर रू. ४ करोड १७ लाख पुगेको हो । विद्युत विक्री आम्दानी र खर्चमा कमी भएसँगै कम्पनी नाफामा गएको छ । गत आवमा कम्पनी रू.१२ लाख ६८ हजार नोक्सानीमा रहेकोमा चालू आवमा सुधारिएर रू. ५८ लाख १२ हजार नाफा गएको छ । गत आवमा कम्पनीको वित्तीय खर्च रू. २ करोड ३१ लाख रहेकोमा चालू आवमा रू. २ करोड १५ छ ।
कम्पनीको चुक्ता पूँजी रू. ५३ करोड ६४ लाख छ भने जगेडा कोष रू. ११ करोड ४८ लाख ऋणात्मक छ । प्रतिशेयर आम्दानी १ रुपैयाँ ०८ पैसा छ । त्यस्तै कम्पनीको प्रतिशेयर नेटवर्थ ७८ रुपैयाँ ६० पैसा छ ।