असार १५, काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनीको आईपीओले पहिलो कारोबारको लागि १०२ दशमलव ३९ रुपैयाँदेखि ३०७ दशमलव १७ रुपैयाँ ओपन रेञ्ज पाउने देखिएको छ ।
कम्पनीको आव २०७७/ ७८ को बास्तविका प्रतिशेयर नेटवर्थ रू. १०२ दशमलव ३९ रुपैयाँ रहेकोले उक्त रेञ्ज पाउने देखिएको हो । नेपाल स्टक एक्सचेञ्जले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ । सोही कारण उक्त मूल्य रेञ्ज पाउने देखिएको हो । कम्पनीको आईपीओ हाल नेप्सेमा सूचीकरण प्रक्रियामा रहेको छ ।
कम्पनीको आईपीओ गत असार ८ गते बाँडफाँट भएको थियो । १४ लाख ७१ ह्जार ६६५ जनाले आवेदन दिएकोमा भाग्यमानी २ लाख १ हजार ९८६ जना आवेदकले १० कित्ताका दरले शेयर पाएका थिए भने ९ जना आवेदकले ११ कित्ताका दरले शेयर पाएका थिए ।