काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनीले हकप्रद शेयर निष्कासनको प्रस्ताव साधारणसभामा पेस गर्न स्वीकृति पाएको छ ।
विद्युत नियमन आयोगले कम्पनीलाई हकप्रद शेयर निष्कासनको प्रस्ताव साधारणसभामा पेस गर्न स्वीकृति प्रदान गरेको हो । आयोगले कात्तिक १९ गते स्वीकृति प्रदान गरेको कम्पनीले जनाएको छ ।
कम्पनीले आयोगसँग चुक्ता पूँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँको १ः१ अनुपातमा अर्थात् १०० प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्ताव साधारणसभामा लैजान आयोगसँग स्वीकृति मागेको थियो ।
कम्पनीले अब हकप्रद शेयर निष्कासनको प्रस्ताव साधारणसभामा पेस गरी स्वीकृति गर्नेछ । साधारणसभाबाट पारित गरेपछि हकप्रद शेयर निष्कासनको प्रक्रिया कम्पनीले अगाडि बढाउनेछ ।