काठमाडौं । खानी खोला हाइड्रोपावर कम्पनीले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार कम्पनी चालू आवको दोस्रो त्रैमाससम्ममा रू. १ करोड ६९ लाख नोक्सानीमा रहेको छ । गत आवको यसै अवधिमा कम्पनीले रू.१ करोड ४८ लाख नाफा कमाएको थियो । चालू आवमा कम्पनीको विद्युत विक्री आम्दानी घटेकाले र खर्च बढेकाले नोक्सानीमा देखिएको हो ।
कम्पनीले विद्युत विक्री बापत गत आवको दोस्रो त्रैमाससम्ममा रू. १० करोड भन्दा बढी आम्दानी गरेकोमा चालू आवमा घटेर रू. ५ करोड ६० लाखमा झरेको छ । गत सोज महीनामा परेको अविरल बर्षाका कारण आएको बाढीले आयोजनामा परेको क्षतिले आयोजना बन्द रहेको हुँदा आम्दानीमा असर परेको वित्तीय विवरणमा कम्पनीले उल्लेख गरेको छ ।
त्यस्तै कम्पनीको खर्च गत आवमा रू. १ करोड ३५ लाख रहेकोमा चालू आवमा बढेर रू. १ करोड ४७ लाख पुगेको छ ।
चालू आवमा कम्पनी नोक्सनीमा रहेसँगै प्रतिशेयर आम्दानी ३ रुपैयाँ ६५ पैसा ऋणात्मक रहेको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी ३ रुपैयाँ १९ पैसा धनात्मक थियो । चालू आवमा कम्पनीको प्रतिशेयर नेटवर्थ ७६ रुपैयाँ ८८ पैसा रहेको छ ।
कम्पनीको चुक्ता पूँजी रू.४६ करोड ५७ लाख रहेको छ । रिटेन्ड अर्निङ रू. १० करोड ७६ लाख ऋणात्मक रहेको छ ।