काठमाडौं । दशैंअघिको अन्तिम कारोबार दिन बुधवार नेप्से बढेर बन्द भएको छ । अघिल्लो कारोबार दिनको तुलनामा यो दिन नेप्से परिसूचक ४ दशमलव ८५ अंक बढेर बन्द भएको हो ।
२ हजार ६६१ विन्दुदेखि खुला भएको बुधवारको बजार २ हजार ६७२ दशमलव ६५ विन्दुसम्म पुगेको थियो भने २ हजार ६४३ दशमलव १२ विन्दुसम्म झरेको थियो । अघिल्लो कारोबार दिन भने बजार २ हजार ६६३ दशमलव ३२ विन्दुमा बन्द भएको थियो ।
बुधवार नेप्से सामान्य अंकले बढेपनि कारोबार रकम भने घटेको छ । अघिल्लो कारोबार दिन मंगलवार ४ अर्ब ५९ करोड रुपैयाँभन्दा बढीको १ करोड ३ लाख ३० हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएकोमा बुधवार ३ अर्ब ७६ करोड १५ लाख रुपैयाँभन्दा बढीको ८३ लाख १२ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको हो ।
कुल कारोबार रकममा सर्वाधिक हिस्सा नेपाल फाइनान्सले ओगटेको छ । यो दिन नेपाल फाइनान्सको २२ करोड १ लाख ५८ हजार रुपैयाँभन्दा बढीको १ लाख ५६ हजार ९३० कित्ता शेयर कारोबार भएको छ ।
सर्वाधिक रकमको कारोबार भएको कम्पनीको शेयर मूल्य भने प्रतिकित्ता ३७ रुपैयाँले घटेर अन्तिम मूल्य १ हजार ३९० रुपैयाँ कायम भएको छ । यो दिन कम्पनीको शेयर मूल्य अधिकतम १ हजार ५६९ रुपैयाँ ७० पैसासम्म पुगेको थियो भने न्यूनतम १ हजार ३४२ रुपैयाँ ६० पैसासम्म झरेको थियो । निकै उतारचढावका बीच कम्पनीको शेयर मूल्य अन्तिममा घटेको देखिन्छ ।
बजार सञ्चालक नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार बुधवार २९४ कम्पनीको धितोपत्र कारोबारमा आएका थिए । १३० कम्पनीको धितोपत्रको मूल्य बढ्दा १०२ कम्पनीको धितोपत्र मूल्य घटेको छ । यो दिन ११ कम्पनीको धितोपत्र मूल्य भने स्थिर रहेको थियो ।
यस दिन दुई कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ भने दुई कम्पनीको ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । युनाइटेड मोदी हाइड्रोपावर र मिड सोलु हाइड्रोपावरको शेयर मूल्य १० प्रतिशत बढेको हो भने अपर स्याङ्गे हाईड्रोपावरको ९ दशमलव ९३ प्रतिशत र राप्ती हाइड्रोपावरको शेयर मूल्य ९ दशमलव ६५ प्रतिशत बढेको हो ।
यो दिन थ्रिस्टार हाइड्रोपावरको शेयर मूल्य १० प्रतिशतले बढेको छ भने सिटिजन सुपर ३० को इकाई मूल्य ९ दशमलव ३६ प्रतिशत घटेको छ । यो दिन कुल बजार पूँजीकरण ४२ अर्ब ४२ करोड ६६ लाख २२ हजार रुपैयाँ कायम भएको छ ।
अघिल्लो कारोबार दिनभन्दा कुल बजार पूँजीकरण ७ अर्ब ७२ करोड ३३ लाख रुपैयाँले घटेको छ । अघिल्लो कारोबार दिन कुल बजार पूँजीकरण ४२ खर्ब ३४ अर्ब ९३ करोड ८९ लाख रुपैयाँ कायम थियो ।
बुधवारको कारोबारमा विकास बैंकको शून्य दशमलव ३८ प्रतिशत, लगानीको शून्य दशमलव २२ प्रतिशत, जीवन बीमाको शून्य दशमलव शून्य १ प्रतिशत र व्यापारिकको शून्य दशमलव ६५ प्रतिशत परिसूचक घटेको छ ।
यो दिन बैंकिङको शून्य दशमलव शून्य ४ प्रतिशत, वित्तको शून्य दशमलव शून्य ५ प्रतिशत, होटल तथा पर्यटन समूहको शून्य दशमलव शून्य १ प्रतिशत, जलविद्युतको शून्य दशमलव ५५ प्रतिशत, उत्पादन तथा प्रशोधनको १ दशमलव शून्य ८ प्रतिशत, लघुवित्तको शून्य दशमलव १७ प्रतिशत, म्युचुअल फण्डको शून्य दशमलव ३० प्रतिशत, निर्जीवन बीमाको शून्य दशमलव शून्य ८ प्रतिशत र अन्यको शून्य दशमलव ४६ प्रतिशत परिसूचक घटेको छ ।