काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मंगलवार (आज) दुई कम्पनीको शेयर मूल्य समायोजन भएको छ ।
नेप्सेमा सिटिजन लाइफ इन्स्योरेन्स र नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य समायोजन भएको हो । यी कम्पनीले बोनस शेयर वितरण प्रयोजनार्थ बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
नेष्डो समृद्ध लघुवित्तको १४ दशमलव २५ प्रतिशत र सिटिजन लाइफको २६ दशमलव ९८४१२६९८ प्रतिशत बोनस शेयर समायोजन भएको हो । समायोजनपश्चात सिटिजन लाइफको शेयर मूल्य रू. ५७१ दशमलव ४१ र नेष्डो समृद्ध लघुवित्तको रू. १ हजार ९८९ दशमलव ५० कायम भएको छ ।
नेप्सेले मंगलवार (आज)को अन्तिम कारोबार मूल्यका आधारमा कम्पनीको शेयर मूल्य समायोजन गरेको हो । मंगलवार दोस्रो बजारमा नेष्डो समृद्ध लघुवित्तको शेयर रू. २ हजार २७३ र सिटिजन लाइफको शेयर रू. ७२५ दशमलव ६० मा अन्तिम कारोबार भएको थियो ।
समायोजित मूल्यका आधारमा भोलि (बुधवार) यी कम्पनीको शेयर कारोबार खुल्नेछ ।