काठमाडौं । बुधवार दुई कम्पनीले संस्थापक शेयर सर्वसाधारणमा जारी गरेका छन् । एनएमबि बैंकले १ लाख २२ हजार १२ कित्ता र समता घरेलु लघुवित्तले ५ हजार ७९० कित्ता संस्थापक शेयर सर्वसाधारणलाई जारी गरेका हुन् । दुवै कम्पनीले विद्यमान संस्थापकहरूमा यसअघि उल्लेखित शेयर विक्री खुला गरेकोमा विक्री नभएपछि अन्य व्यक्ति तथा संस्थालाई विक्री गर्न लागेका हुन् ।
इच्छुक खरीदकर्ताहरूले आगामी ७ दिनभित्र सम्बन्धित कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन पेश गर्नुपर्नेछ । समता घरेलु लघुवित्तको शेयर खरीदका लागि केन्द्रीय कार्यालय बनेपा, काभ्रेपलाञ्चोकमा र एनएमबि बैंकको शेयर खरीदका लागि केन्द्रीय कार्यालय बबरमहल, काठमाडौँमा आवेदन पेश गर्नुपर्नेछ ।