काठमाडौं । आइतवार दुई कम्पनीको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । सूर्योदय वोमी लघुवित्तको ६ प्रतिशत बोनस शेयर बापतको ६ लाख २६ हजार १९९ दशमलव ७९ कित्ता र सपोर्ट लघुवित्त वित्तीय संस्थाको १३ दशमलव ७८ प्रतिशत बोनस शेयरबापतको १ लाख ४८ हजार २४५ दशमलव शून्य ९ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।
सोमवारदेखि कारोबारयोग्य हुने यी बोनस शेयर सम्बन्धित शेयरधनीहरूले आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सक्नेछन् । सूर्योदय वोमी लघुवित्तले पुस २८ गते सम्पन्न १३औं वार्षिक साधारण सभाबाट ६ प्रतिशत बोनस शेयरसँगै कर प्रयोजनका लागि शून्य दशमलव ९६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । पुस २० गतेसम्म कायम शेयरधनीहरूले मात्र सूर्योदय वोमी लघुवित्तको यस वर्षको लाभांश प्राप्त गरेका हुन् ।
त्यस्तै सपोर्ट लघुवित्तले गत पुस ६ गते सम्पन्न दशौं वार्षिक साधारण सभाबाट १३ दशमलव ७६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको थियो । मंसिर १३ गतेसम्म कायम शेयरधनीहरूले मात्र सपोर्ट लघुवित्तको लाभांश प्राप्त गरेका छन् ।