काठमाडौं । नेपाली बजार सुनको मूल्य दुई सातामा हालसम्मकै उच्च मूल्य कायम भएको कारोबार दिन अर्थात गत कात्तिक १५ गतेको तुलनामा ८ हजार ८०० रुपैयाँले घटेको छ । उक्त दिन सुनको मूल्य प्रतितोला १ लाख ७१ हजार कायम भएको थियो । आज २८ गते सम्म आइपुग्दा सुनको मूल्य प्रतितोला १ लाख ६२ हजार २०० रुपैयाँ काम भएको छ । यो मूल्य गत कारोबार दिन मङ्गलबारको तुलनामा प्रतितोला ४०० रुपैयाँले घटी हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा चाँदीको मूल्य भने बढेको छ । मङ्गलवार १ हजार ९२५ रुपैयाँमा कारोवार भएकोमा प्रतितोला २० रुपैयाँ बढेर बुधवारका लागि १ हजार ९४५ रुपैयाँ कायम छ । आज अन्तराष्ट्रिय बजारमा समेत सुनको मूल्य घटिरहेको छ । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार ६०६ दशमलव ४९ अमेरिकी डलरमा कायम भएको छ ।
यस्तै, आज नेपाली बजारमा अमेरिकी डलरको मूल्य स्थिर रहेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ ७४ पैसा र बिक्रीदर १३५ रुपैयाँ ३४ पैसा कायम भएको छ । अन्तराष्ट्रिय बजारमा भने डलरको मूल्य बढिरहेको ।
हालै सम्पन्न अमेरिकी राष्ट्रपति निर्वाचनबाट पूर्वराष्ट्रपति समेत रहेका डोनाल्ड ट्रम्पको पुनरोदय भएपछि उनले आगामी दिनमा अवलम्बन गर्ने आर्थिक नीति तथा त्यसले विश्व अर्थ राजनीतिमा पार्ने प्रभावका कारण डलरको मूल्य बलियो हुने र सुनको मूल्य घट्ने अनुमान गरिएको थियो ।
बुधबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ ७४ पैसा र बिक्रीदर १३५ रुपैयाँ ३४ पैसा कायम भएको छ ।
युरोपियन युरो एकको खरिददर १४३ रुपैयाँ २२ पैसा र बिक्रीदर १४३ रुपैयाँ ८५ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १७२ रुपैयाँ ८६ र बिक्रीदर १७३ रुपैयाँ ६३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १५२ रुपैयाँ ९० पैसा र बिक्रीदर १५३ रुपैयाँ ५८ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ १९ पैसा र बिक्रीदर ८८ रुपैयाँ ५८ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ५५ पैसा र बिक्रीदर ९६ रुपैयाँ ९८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १रुपैयाँ ७१ पैसा र बिक्रीदर १एक रुपैयाँ १६ पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिददर आठ रुपैयाँ ७५ पैसा र बिक्रीदर आठ रुपैयाँ ७९ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६३ पैसा र बिक्रीदर १८ रुपैयाँ ७१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३६ रुपैयाँ तीन पैसा, कतार रियाल एकको खरिद दर ३६ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३७ रुपैयाँ १३ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाइभाट एकको खरिददर तीन रुपैयाँ ८७ पैसा र बिक्रीदर तीन रुपैयाँ ८९ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ३७ पैसा र बिक्रीदर ३० रुपैयाँ ६० पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ५८ पैसा र बिक्रीदर नौ रुपैयाँ ६३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ३९ पैसा र बिक्रीदर १२ रुपैयाँ ४५ पैसा र डेनिस क्रोनर एकको खरिद दर १९ रुपैयाँ २० पैसा र बिक्रीदर १९ रुपैयाँ २९ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ३२ पैसा र बिक्रीदर १७ रुपैयाँ ४० पैसा, कुबेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ ३५ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ ३० पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५७ रुपैयाँ ४६ पैसा र बिक्रीदर तीन सय ५९ रुपैयाँ पाँच पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।