काठमाडौं । नेपाली बजारमा सुनको भाउ तोलामा २ हजार रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (शुक्रवार) सुनको मूल्य तोलाको १ लाख ६६ हजार ५०० रुपैयाँ तोकिएको छ । गत बिहीवार सुनको मूल्य १ लाख ६४ हजार ५०० रुपैयाँ कायम थियो ।
अन्तरराष्ट्रिय बजारमा भने सुनको भाउ अहिले घट्दो क्रममा छ । न्युयोर्कको कोमेक्स बजारमा अहिले (नेपाली समयअनुसार दिउँसो १ः०७ बजे) सुनको भाउ प्रतिऔंस २ हजार ६८५.१४ डलरमा झरेको छ । गत बिहीवार बजार बन्द हुँदा सुनको भाउ प्रतिऔंस २ हजार ६९७.८७ डलर थियो ।
आज चाँदीको भाउ पनि बढेको छ । यस दिन चाँदीको मूल्य तोलामा २० रुपैयाँ बढेर १ हजार ९८० रुपैयाँ कायम छ । गत बिहीवार चाँदीको मूल्य तोलाको १ हजार ९६० रुपैयाँ थियो ।