काठमाडौं । शुक्रवार दुई वाणिज्य बैंकहरुले संस्थापक शेयर विक्रीमा ल्याएका छन् । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले १ लाख ६९ हजार २१९ कित्ता र कुमारी बैंक लिमिटेडले १ लाख ९२ हजार ६४१ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएका हुन । यी शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनीहरुले मात्र आवेदन पेश गर्न सक्नेछन् ।
नेपाल इन्भेष्टमेण्ट बैंकको शेयर खरीदका लागि कम्पनीको केन्द्रिय कार्यालय लाजिम्पाट, काठमाडौं र कुमारी बैंकको केन्द्रिय कार्यालय टंगाल, काठमाडौं र शेयर रजिष्ट्रार कुमारी क्यापिटलको कार्यालय नक्साल, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ । आवेदन आगामी ३५ दिनभित्र पेश गर्नुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन प्राप्त नभएमा भने अन्य व्यक्ति तथा संस्थामा यी शेयर विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।