काठमाडौं । पछिल्लो एक सातामा डल्ले च्याउको मूल्य ३५ प्रतिशतले घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार एक सातामा प्रतिकिलो १५० रुपैयाँले डल्ले च्याउको मूल्य घटेको हो । यस्तै, कन्य च्याउको मूल्य पनि प्रतिकिलो ४२ रुपैयाँले घटेको छ ।
समितिको अनुसार गत साता डल्ले च्याउको औसत मूल्य प्रतिकिलो ४२५ रुपैयाँमा विक्री भएकोमा आज २७५ रुपैयाँमा झरेको छ । यस्तै गत साता कन्य च्याउको औसत मूल्य प्रतिकिलो १८० रुपैयाँ रहेकोमा आज १३८ रुपैयाँमा झरेको छ ।
आज अन्य तरकारीको मूल्य कति ?
स्रोत : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति ।