काठमाडौं । एलसी इनर्जी लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ । असोज १७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारितका लागि कम्पनीको रजिष्टर्ड कार्यालय बुद्धनगर, काठमाडौंमा आगामी कात्तिक १२ गते बिहान १०ः३० बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्दै त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय गर्नेछ । पूँजी संरचना परिवर्तन हुने भएकाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधनको प्रस्ताव पनि सभाले पारित गर्नेछ । कर्जा सम्बन्धमा पनि सभाले आवश्यक निर्णय गर्नेछ ।
साथै गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय पनि सभाले टुङ्ग्याउने छ ।