काठमाडौं । एनआईबिएल एस क्यापिटलको दशौं वार्षिक साधारणसभा कार्तिक १८ गते बस्ने भएको छ । कम्पनीको असोज २६ गते बसेको सञ्चालक समितिको बैंठकको निर्णय अनुसार सभा बस्ने निर्णय गरेको हो ।
सभा एनआईबिएल एस क्यापिटलको सभाहल, लाजिम्पाट, काठमाडौंमा बिहान १०ः३० बजे बस्ने छ ।
उक्त सभामा आर्थिक वर्ष २०७८/०७९ को सञ्चालक समितिको प्रतिवेदन छलफल गरी पारित गर्ने, सञ्चालक समितिबाट प्रस्ताव गरे बमोजिम २० प्रतिशत नगद लाभांश चुक्तापुँजीको २० प्रतिशतले हुँन आउने रु.२७ करोड चुत्तापुँजीको रु.५ करोड ४० लाख (कर सहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने, अन्य बैंकसँग गाभ्ने/गाभिने सन्दर्भमा स्विकृति लिने, आर्थिक वर्ष २०७९/०८० को लेखापरीक्षण गर्न संचालम समितिको सिफारिस मुताबिक लेखापरिक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तथा नियुक्तिको शर्त तोक्ने, आर्थिक वर्ष २०७८/०७९ मा कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च गरिएको अनुदान/दान रू. रकम १३ लाख १२ हजार ४१९ पारित गर्ने तथा अन्य छलफलहरु कम्पनीले गर्नेछ ।