काठमाडौं । एनआई सी एशिया बैंक म्युचुअल फण्डअन्तर्गत सञ्चालित एनआईसी एशिया सेलेक्ट ३० ले फागुन मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरणअनुसार फण्डले फागुन मसान्तसम्ममा रू. १४ करोड ३८ लाख नाफा कमाएको छ । यो नाफा माघ मसान्तको तुलनामा ३० प्रतिशत वृद्धि भएको हो । माघ मसान्तमा फण्डले रू. ११ करोड ३ लाख नाफा कमाएको थियो । फागुन मसान्तमा फण्डको आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो ।
माघ मसान्तमा फण्डको कुल आम्दानी रू. १२ करोड ६३ लाख रहेकोमा फागुन मसान्तमा बढेर रू. १६ करोड २० लाख पुगेको छ । नाफासँगै फण्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ) पनि माघको तुलनामा फागुनमा वृद्धि भएको छ । माघ मसान्तमा फण्डको न्याभ १० रुपैयाँ ९० पैसा रहेकोमा फागुन मसान्तमा बढेर ११ रुपैयाँ १६ पैसा पुगेको हो ।
त्यस्तै फण्डले सूचीकृत शेयरमा लगानी पनि बढाएको छ । माघ मसान्तमा फण्डले सूचीकृत शेयरमा रू. ९० करोड ४८ लाख लगानी गरेकोमा फागुन मसान्तमा बढाएर रू. ९७ करोड ११ लाख पुर्याएको हो ।