कठामाडौं । हालसम्म लघु जीवन बीमा कम्पनीबाट २ ओटा गार्डियन माइक्रो लाइफ र क्रेस्ट माइक्रो लाइफ तथा निर्जीवन लघु बीमातर्फ नेपाल माइक्रो इन्स्योरेन्सले आइपीओ निष्कासन गरिसकेका छन् । त्यसमध्ये गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीको शेयर नेप्सेमा सूचीकृत भएर कारोबार समेत भइसकेको छ ।
नेपाल बीमा प्राधिकरणले अहिलेसम्म तीन ओटा लघु जीवन बीमा कम्पनी र चार ओटा लघु निर्जीवन बीमा कम्पनीलाई सञ्चालन अनुमति दिएको छ । सञ्चालनमा रहेका लघु जीवन बीमा कम्पनीको बीमाशुल्क गत आवकोे फागुन महीनाको तुलनामा चालु आवको फागुन महीनासम्ममा ११ सय २८ प्रतिशतले वृद्धि भएको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार
गत आवको फागुनसम्म रू. ५ करोड ८९ लाख ८९ हजार बीमाशूलक गरेका लघु जीवन बीमा कम्पनीहरूले चालु आवको फागुन महीनासम्म रू. ७२ करोड ४६ लाख बीमाशुल्क आर्जन गरेका हुन । त्यस्तै लघु निर्जीवन बीमा कम्पनीहरूले चालू आवको फागुन मसान्तसम्ममा कुल रू. ५७ करोड ९६ लाख बीमाशुल्क आर्जन गरेका छन् । यो बीमाशुल्क गत आवको तुलनामा ४६० प्रतिशत वृद्धि हो । सो अवधिमा कम्पनीहरूले रू. १० करोड ३३ लाख बीमाशुल्क आर्जन गरेका थिए ।
लघु जीबन बीमा तर्फ सबैभन्दा बढी गार्डियन माइक्रो लाइफले फागुन मसान्तसम्ममारू. २८ करोड ५ लाख बीमाशुल्क आर्जन गरेको छ । त्यस्तै लघु निर्जीवन बीमा तर्फ नेपाल माइक्रो इन्स्योरेन्सले फागुन मसान्तसम्ममा रू. १६ करोड ६४ लाख बीमा शुल्क आर्जन गरेको छ ।