काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडले यस वर्षको ७ प्रतिशत बोनस शेयर वितरण गरेको छ । कम्पनीले गत मंसिर २८ गते सम्पन्न १०औं वार्षिक साधारण सभाबाट पारित गरेको उक्त बोनस शेयर धितोपत्र दोस्रो बजारमा कारोबारयोग्य गराई सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा जम्मा गरेको हो । मंसिर १७ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको बोनस शेयर प्राप्त गरेका छन् ।
मंसिर १७ गतेसम्म आफ्नो शेयर बन्धक राखी कर्जा उपयोग गरेका सदस्यहरूको हकमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाको नाममा रोक्का जनाई हितग्राही खातामा बोनस शेयर जम्मा गरिएकाले यदि राफसाफ भैसकेको भए फुकुवा गर्न समेत कम्पनीले भनेको छ । कम्पनीको शेयर रजिष्ट्रारमा आरविवि मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ । कम्पनीले बोनस शेयर हितग्राही खातामानै जम्मा गर्ने भएकाले हालसम्म पनि हितग्राही खाता नखोलेका सदस्यहरूले यथाशीघ्र खोली बोनस शेयर प्राप्त गर्न कम्पनीले आग्रह गरेको छ ।