काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडले ऋणपत्र निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिएको छ ।
कम्पनीले २ लाख ६० हजार कित्ता ऋणपत्र निष्कासन गर्नका लागि सेवोनमा निवेदन दिएको हो । विक्री प्रबन्धक एनआइएबिएल एस क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले आगामी ८ वर्ष सम्मका लागि वार्षिक ९ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्कासन गर्न सेवोनमा निवेदन दिएको हो ।
सेबोनबाट स्वीकृत पाएपछि कुल कित्तामध्ये १ लाख ४ हजार कित्ता सर्वसाधारणको लागि निष्कास गर्नेछ भने बाँकी १ लाख ५६ हजार कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट विक्री गर्नेछ ।