काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बिहीवार ४६ लाख ४६ हजार २४२ दशमलव १६ कित्ता शेयर थप भएको छ ।
यस दिन महालक्ष्मी विकास बैंकको १२ लाख ५१ हजार ३९५ दशमलव ५८ कित्ता र माउन्टेन ईनर्जीको ३३ लाख ९४ हजार ८४६ दशमलव ५८ कित्ता बोनस शेयर नेप्सेमा थपिएको हो ।
आइतवारदेखि कारोबारयोग्य हुने यी शेयर सम्बन्धित शेयरधनीहरूले भने आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सक्नेछन् ।