काठमाडौं । एनएमबि म्युचुअल फण्डअन्तर्गत सञ्चालित एनएमबि सरल बचत फण्ड इले फागुन मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार माघको तुलनामा फागुनमा फण्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ) र नाफा वृद्धि भएको छ ।
माघ मसान्तमा १० रुपैयाँ ३७ पैसा रहेको न्याभ फागुन मसान्तमा बढेर १० रुपैयाँ ६५ पैसा पुगेको छ ।
त्यस्तै फण्डले माघ मसान्तमा रू. १० करोड ३१ लाख नाफा कमाएकोमा फागुन मसान्तमा बढेर रू. १८ करोड ३ लाख पुगेको हो । फागुन महीनामा फण्डको आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो ।
माघ मसान्तमा फण्डको कुल आम्दानी रू. १३ करोड ३२ लाख रहेकोमा फागुन मसान्तमा बढेर रू. २१ करोड ४८ लाख पुगेको छ ।
त्यस्तै फण्डले फागुन मसान्तमा सूचीकृत शेयरमा रू. २ अर्ब ४९ करोडभन्दा बढी लगानी गरेको छ । यो लगानी माघ मसान्तमा रू. २ अर्ब ३६ करोड थियो ।