काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले विक्री गरेको ६२ दशमलव ५६ प्रतिशत हकप्रद शेयर वितरण गर्न सुरु गरेको छ ।
कम्पनीले मंसिर ११ गतेदेखि पुस १६ गतेसम्म ६२ दशमलव ५६ प्रतिशत हकप्रद शेयर निष्कासन तथा विक्री गरेको थियो । उक्त अवधिमा विक्री नभएको हकप्रद शेयर लिलामी प्रक्रियाबाट समेत विक्री गरी फागुन २५ गते धितोपत्र दोस्रो बजारमा सूचीकृत गरी कम्पनीले वितरण गर्न सुरु गरेको हो ।
२०८१ साल कात्तिक २७ गतेसम्म कायम रहेका शेयधरनीहरुको हितग्राही खातामा बोनस शेयर जम्मा गर्न थालिएको जानकारी कम्पनीले दिएको छ । कात्तिक २७ गतेसम्म कम्पनीको शेयर धितो बन्धक राखी कर्जा लिएका सदस्यहरुको हकमा भने सम्बन्धित बैंक तथा वित्तीय संस्थाको नाममा हकप्रद शेयर रोक्का रहेकाले फुकुवा पत्र प्राप्त भएपछि मात्र सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा हुने भनाई कम्पनीको छ । कम्पनीको शेयर रजिष्ट्रारमा आरविवि मर्चेन्ट बैंकिङ रहेको छ ।
यस कम्पनीलाई २ अर्ब ५० करोड रुपैयाँ चुक्तापूँजी कायम गर्नुपर्ने बाध्यात्मक अवस्था छ । सम्पूर्ण कित्ता हकप्रद विक्री पछि कम्पनीको चुक्तापूँजी २ अर्ब ५० करोड २६ लाख ५७ हजार रुपैयाँभन्दा बढी कायम कायम भएको छ ।