काठमाडौं । एनएमबि क्यापिटल लिमिटेडले माघ २४ गतेदेखि फागुन ८ गतेसम्म निष्कासन गरेको इकाई बाँडफाँट गरेको छ ।
क्यापिटलले एनएमबि हाईब्रिड फण्ड एल–२ नामक योजनाको इकाई फागुन १५ गते बाँडफाँट गरेको हो । योजना व्यवस्थापक एनएमबि क्यापिटलका अनुसार मागभन्दा बढी आवेदन पर्न आएकाले योजनाको आकार वृद्धि गरी १३ करोड ६४ लाख ८४ हजार इकाई कायम गरिएको छ ।
सम्पूर्ण आवेदकहरूले माग गरेबमोजिम ११ करोड ६० लाख १० हजार ७०० इकाई तथा बीज पूँजीबापत् कोष प्रवर्द्धक एनएमबि बैंकलाई १ करोड ९१ लाख ७ हजार ७६० इकाई र योजना व्यवस्थापक एनएमबि क्यापिटलका लागि १३ लाख ६५ हजार ५४० इकाई गरी कुल १३ करोड ६४ लाख ८४ हजार इकाई बाँडफाँट गरिएको हो ।
यो १० वर्षे अवधिको बन्दमुखी प्रकृतिको योजना हो । इकाई बाँडफाँट भएको मितिदेखि १० वर्षको अवधिमा योजना परिपक्व हुनेछ ।