काठमाडौं । एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा गोविन्द घिमिरे चयन भएका छन् ।
कम्पनीको फागुन ४ गते बसेको सञ्चालक समितिको बैठकले घिमिरेलाई अध्यक्षमा नियुक्त गरेको हो ।
घिमिरेलाई फागुन ४ गतेदेखि लागू हुनेगरी अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन गरिएको कम्पनीले नेप्से मार्फत जनाएको छ ।