काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको ११औं वार्षिक साधारण भोलि हुँदैछ । सभा पोखराको होटल बाराहीमा बिहान ११ः३० बजे शुरु हुनेछ ।
सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।
यस वर्ष कम्पनीले लगानीकर्ताको हात भने खाली बनाएको छ । विगतका वर्षहरूमा निरन्तर लाभांश वितरण गर्दै आएको कम्पनीले यस वर्ष भने लाभांश प्रस्ताव गरेको छैन । गत वर्ष कम्पनीले १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
सभाले संस्थापक तर्फबाट एक जना र सर्वसाधारण शेयरधनीहरूको तर्फबाट २ जना सञ्चालकहरूको निर्वाचन र स्वतन्त्र सञ्चालनको नियुक्ति र एनएमबि बैंकबाट प्रतिनिधित्व गर्ने सञ्चालकको नियुक्ति अनुमोदन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले असार ७ गतेदेखि २१ गतेसम्म बुक क्लोज गरिसकेको छ । यस बुक क्लोजको आधारमा असार ६ गतेसम्म कायम शेयरधनीहरूले सभामा भाग लिन सक्नेछन् ।