काठमाडौं । एनएमबि म्युचुअल फण्डअन्तर्गत सञ्चालित एनएमबि हाईब्रिड फण्ड एल १, एनएमबि सरल बचत फण्ड इ, एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ र एनएमबि फिप्टीले असार मसान्तसम्मको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेका छन् । उक्त वित्तीय विवरण अनुसार यी चारओटै फण्डको न्याभ जेठ मसान्तको तुलनामा असार मसान्तमा वृद्धि भएको छ ।
एनएमबि फिप्टीको न्याभ जेठ मसान्तमा ११ रुपैयाँ ८३ पैसा रहेकोमा असार मसान्तमा बढेर १२ रुपैयाँ ३४ पैसा पुगेको छ । त्यस्तै एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ को न्याभ असार मसान्तसम्ममा ११ रुपैयाँ २६ पैसा पुगेको छ । यस फण्डको न्याभ जेठ मसान्तमा १० रुपैयाँ ९२ पैसा थियो ।
एनएमबि सरल बचत फण्ड इ को न्याभ जेठ मसान्तमा ९ रुपैयाँ २५ पैसा रहेकोमा असार मसान्तमा बढेर ९ रुपैयाँ ५२ पैसा पुगेको छ । त्यस्तै एनएमबि हाईब्रिड फण्ड एल १ को न्याभ जेठ मसान्तसम्ममा ११ रुपैयाँ ४४ पैसा रहेकोमा असार मसान्तमा बढेर १२ रुपैयाँ १४ पैसा पुगेको हो ।
न्याभसँगै यस फण्डको नाफामा पनि वृद्धि भएको छ । फण्डले जेठ मसान्तसम्ममा रू. २ करोड ४८ लाख नाफा कमाएकोमा असार मसान्तमा बढेर रू. ९ करोड ५२ लाख पुगेको छ । त्यस्तै यस फण्डले सूचीकृत शेयरमा असार मसान्तसम्ममा रू. ३७ करोड ९० लाख लगानी गरेको छ ।
एनएमबि सरल बचत फण्ड इले जेठ मसान्तसम्ममा रू. २ करोड ६८ लाख नाफा कमाएकोमा असार मसान्तसम्ममा बढेर रू. ५ करोड ९९ लाख पुगेको छ । यस फण्डले असार मसान्तसम्ममा सूचीकृत शेयरमा रू. ८० करोड ७४ लाख लगानी गरेको छ ।
एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ ले असार मसान्तसम्ममा रू. १५ करोड ३९ लाख नाफा कमाएको छ । यो नाफा जेठ मसान्तमा रू. ११ करोड २२ लाख थियो । यस फण्डले असार मसान्तसम्ममा सूचीकृत शेयरमा रू. ९० करोड ९८ लाख लगानी गरेको छ ।
त्यस्तै एनएमबि फिप्टीले असार मसान्तसम्ममा रू. १३ करोड ८१ लाख नाफा कमाएको छ । जेठ मसान्तसम्ममा भने फण्डले रू. ७ करोड ३५ लाख नाफा कमाएको थियो । यस फण्डले असार मसान्तसम्ममा सूचीकृत शेयरमा रू. १ अर्ब ९ करोडभन्दा बढी लगानी गरेको छ ।
एनएमबि फिप्टीको रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोला
एनएमबि हाइब्रिड फण्ड एल १ को रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोला
एनएमबि सरल बचत फण्ड इ को रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोला
एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ को रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोला