काठमाडौं । एनएमबि म्युचुअल फण्डअन्तर्गत सञ्चालित एनएबि सुलभ इन्भेष्टमेन्ट फण्ड २, एनएमबि फिप्टी र एनएमबि सरल बचत फण्ड इले मङ्सिर मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेका छन् । उक्त वित्तीय विवरण अनुसार यी तीनओटै फण्डले कात्तिक मसान्तको तुलनामा मङ्सिर मसान्तमा सूचीकृत शेयरमा लगानी बढाएका छन् ।
एनएमबि सरल बचत फण्ड इ ले कात्तिक मसान्तमा सूचीकृत धितोपत्रमा रू. ९५ करोड लगानी गरेकोमा मङ्सिर मसान्तमा बढाएर रू. १ अर्ब ९ करोडभन्दा बढी पुर्याएको छ । एनएमबि फिप्टीले कात्तिक मसान्तमा सूचीकृत शेयरमा रू. ९१ करोड ७१ लाख लगानी गरेकोमा मङ्सिर मसान्तमा बढाएर रू.९७ करोड ८० लाख पुर्याएको हो ।
एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ ले कात्तिक मसान्तमा सूचीकृत शेयरमा रू.८९ करोड २ लाख लगानी गरेकोमा मङ्सिर मसान्तमा बढाएर रू. ८७ करोड भन्दा बढी पुर्याएको छ । यो फण्डको न्याभ पनि कात्तिकको तुलनामा मङ्सिरमा वृद्धि भएको छ । कात्तिक मसान्तमा फण्डको न्याभ १० रुपैयाँ २७ पैसा रहेकोमा मङ्सिर मसान्तमा बढेर १० रुपैयाँ ९८ पैसा पुगेको हो । यो फण्ड मङ्सिर मसान्तमा रू. ३ करोड ४२ लाख नोक्सानीमा रहेको छ ।
एनएमबि फिप्टीको न्याभ पनि कात्तिकको तुलनामा मङ्सिरमा वृद्धि भएको छ । कात्तिक मसान्तमा फण्डको न्याभ ९ रुपैयाँ ९४ पैसा रहेकोमा मङ्सिर मसान्तमा बढेर १० रुपैयाँ ४५ पैसा पुगेको हो । यो फण्ड पनि मङ्सिर मसान्तमा रू. ४ करोड ९८ लाख नोक्सानीमा छ ।
एनएमबि सरल बचत फण्ड इको न्याभ कात्तिक मसान्तमा ८ रुपैयाँ ६८ पैसा रहेकोमा मङ्सिर मसान्तमा बढेर ९ रुपैयाँ ०९ पैसा पुगेको हो । यो फण्ड पनि मङ्सिर मसान्तमा नोक्सानीमा छ । सो अवधिमा फण्ड रू. ५ करोड ३३ लाख नोक्सानीमा रहेको हो ।
एनएबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ को रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस ्