्काठमाडौं । एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनएमबि सरल बचत फण्ड इ ले आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार गत आवमा फण्डले रू. ५ करोड ९७ लाख नाफा कमाएको हो । अघिल्लो आवमा भने फण्ड रू. ४ करोड ८७ लाख नोक्सानीमा थियो । गत आवमा फण्डको आम्दानीमा वृद्धि भएसँगै नाफामा गएको हो । सो अवधिमा फण्डले जम्मा रू. ७ करोड ४१ लाख आम्दानी गरेको छ ।
वार्षिक वित्तीय विवरण अनुसार फण्डको न्याभ पनि बढेको छ । अघिल्लो आवमा फण्डको न्याभ ९ रुपैयाँ ११ पैसा रहेकोमा गत आवमा बढेर ९ रुपैयाँ ५२ पैसा पुगेको हो ।
फण्डको कुल पूँजी रू. १ अर्ब १८ करोड रहेको छ । गत आवमा यस फण्डले जगेडामा रू. १ करोड भन्दा बढी सञ्चिती गरेको छ ।