काठमाडौं । दूरसञ्चार कम्पनी एनसेलले रू. ३० भन्दा कममा नै अनलिमिटेड भ्वाइस र डेटा सेवा लिन सकिने प्याकसहित विभिन्न नयाँ प्याक सञ्चालनमा ल्याएको छ । ग्राहकमाझ बढ्दो भ्वाइस र डेटा सेवाको मागलाई ध्यानमा राखी कम्पनीले यी नयाँ प्याक सञ्चालनमा ल्याएको हो ।
भ्वाइस सेवामा एनसेलले रू. ३९ देखि ५९९ सम्म शुल्क पर्ने ६ ओटा नयाँ प्याक सार्वजनिक गरेको छ, जसमा ७ दिनको लागि मात्र रू. १९८ मा उपलब्ध अनलिमिटेड अल नेपाल प्याक पनि समावेश छ । यस प्याकमार्फत ग्राहकले दिनको रू. २८.३ मा अनलिमिटेड भ्वाइस कल सेवाको फाइदा लिन सक्नेछन् ।
एनसेलबाट एनसेलमा कल गर्न टक टाइम चाहिने ग्राहकले रू. ५० मा ३ दिनको लागि मान्य अनलिमिटेड डे अन नेट प्याक लिन सक्नेछन् । त्यसैगरी रू. ५९९ मा ग्राहकले ८४ दिनसम्म प्रयोग गर्न मिल्ने ९९९ मिनेटको कुनै पनि नेपाली नेटवर्कमा कल गर्न मिल्ने अल नेपाल टक टाइम प्राप्त गर्न सक्नेछन् ।
भारतमा फोन गर्न मिल्ने गरी एनसेलले रू. ४९ मा २८ दिनसम्म मान्य रहने इन्टरनेशनल लङ डिस्ट्यान्स (आइएलडी) प्याक सञ्चालन गरेको छ । त्यस्तै रू. ९९ मा ३ दिनसम्म अनलिमिटेड डेटा, २ हजार ४९९ मा ८४ दिनसम्म अनलिमिटेड डेटा सुविधा समेत ल्याइएको छ ।
एनसेलले सधैं अन प्याकअन्तर्गत रू. १ हजार ९९९ मा २८ दिनसम्म मान्य रहने अनलिमिटेड डेटा र अनलिमिटेड भ्वाइस सेवा, रू. १ हजार १९९ मा ८४ दिनका लागि १ हजार १९९ मिनेट अल नेपाल टक टाइम, २५ जीबी डेटा र ९९ एसएमएस पाइने अर्को प्याक पनि उपलब्ध गराएको छ ।