काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले अधिकतम ७५ रुपैयाँसम्म बोनस दिने भएको छ । कम्पनीले जारी गरेको बीमालेखमा प्रतिहजार अधिकतम ७५ रुपैयाँसम्म बोनस दर दिने भएको हो ।
गत आर्थिक वर्ष ०७९/८० को आर्थिक स्थितिको लेखाजोखा र दायित्व मूल्याङ्कनसम्बन्धी बीमांकीय प्रतिवेदन नेपाल बीमा प्राधिकरणबाट पुस १३ गते स्वीकृत भए अनुसार कम्पनीले मुनाफामा सरिक हुने गरी नयाँ बोनस दर निर्धारण गरेको हो ।
कम्पनीले तय गरेको अधिकतम ७५ रुपैयाँ बोनस दर सावधिक तथा आजीवन बीमालेखको २२५ वा सोभन्दामाथिको बीमालेखमा प्रदान गर्न लागेको हो । यो बीमालेख हालसम्म ७१५ ओटा जारी भएको छ । यस बीमालेखअन्तर्गत १४ वर्ष अवधिका लागि प्रतिहजार ६१ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि ६२ रुपैयाँ र २० वर्षदेखि २४ वर्ष अवधिका लागि ६४ रुपैयाँ बोनस दर दिने निर्णय कम्पनीले गरेको हो ।
त्यस्तै, सावधिक जीवन बीमालेखमा न्यूनतम ४५ रुपैयाँदेखि ६५ रुपैयाँ, बालबालिकाको सावधिक जीवन बीमालेखमा न्यूनतम ४४ रुपैयाँदेखि अधिकतम ६० रुपैयाँ, सामूहिक सावधिक, नवरत्न, जीवन संजीवनी दम्पत्ति सुरक्षा प्लस, एशियन वार्षिक धनलाभ, बाल उच्च शिक्षा, भविश्य निधि बीमालेखमा न्यूनतम ४२ रुपैयाँदेखि अधिकतम ५० रुपैयाँसम्म र अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा न्यूनतम ५० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनस दर दिने निर्णय कम्पनीले गरेको हो । यो बोनस दर अर्को बीमांकीय मूल्यांकन स्वीकृत नभएसम्म लागू हुने जानकारी पनि कम्पनीले दिएको छ ।