काठमाडौं । भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी)ले जारी गर्दै आएको एससीटी–यूपीआई कार्डका ग्राहकहरूलाई मौलाकाली केबलकारमा १० प्रतिशत छूट हुने भएको छ । समुन्द्री तहबाट १ हजार ८४१ फिटमाथि नवलपुरको गैंडाकोटमा अवस्थित यस मन्दिरमा दर्शन गर्न आउने आगन्तुकको यात्रा थप सहज र सुलभ हुने अपेक्षा गर्दै एससीटी र मौलाकाली केबलकारले यो अफर ल्याएको बताइएको छ । यस अफरअन्तर्गत ग्राहकले आफ्नो एससीटी–यूपीआई कार्डबाट पोस मेसिनमार्फत टिकट खरीद गर्दा १० प्रतिशत छूट हुने बताइएको छ । एससीटीले हाल २१ ओटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थामार्फत एससीटी–यूपीआई कार्ड जारी गर्दै आएको बताइएको छ ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.