काठमाडौं । बुधवार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडको आईपीओ सूचीकृत भएको छ । कम्पनीको कुल ३ करोड ९७ लाख १९ हजार ६ कित्ता साधारण शेयर सूचीकृत भएको हो, जसमा सर्वसाधारण शेयरधनी (विदेशमा रहेका नेपाली श्रमिक, उद्योग प्रभावित स्थानीय, सामूहिक लगानी कोष र कर्मचारीसमेत)को ७९ लाख ४३ हजार ८०१ कित्ता र संस्थापक शेयरधनीको ३ करोड १७ लाख ७५ हजार २०५ कित्ता छ ।
नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रतिकित्ता रू. २२६ दशमलव ६१ देखि रू. ६७९ दशमलव ८३ सम्म ओपनिङ रेन्ज तोकेको छ । यही मूल्य रेञ्जका आधारमा कम्पनीको शेयर आइतवारदेखि धितोपत्रको दोस्रो बजारमा आउनेछ । स्टक सिम्बोल ‘जीसीआईएल’ रहेको छ ।
साथै कम्पनीले सूचीकरणपश्चात दिनुपर्ने आरटीएस सेवा हिमालयन क्यापिटल, ठमेलबाट हुने जानकारी दिएको छ ।