काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले सर्वसाधारणको लागि निष्कासन गरेको आईपीओ आज बाँडफाँट हुँदैछ । विक्री प्रबन्धक नविल इन्भेष्टमेन्ट मर्चेन्ट बैंकिङ्गको नारायणचौर, नक्सालस्थित कार्यालयमा दिउँसो ३ः३० बजे शेयर बाँडफाँट हुनेछ ।
पछिल्लो तथ्यांक अनुसार कम्पनीको आईपीओमा ६ लाख ७३ हजार ८३९ जना आवेदकबाट ११ अर्ब ५ करोड ७८ लाख ३९ हजार २०० रुपैयाँ बराबरको २ करोड ५४ लाख २० हजार ३२० कित्ता शेयरको लागि आवेदन परेको छ । यो सर्वसाधारणलाई निष्कासन गरेको कुल शेयर ६९ लाख ११ हजार ६७० कित्ता शेयरको ३.६७ गुणा बढी हो ।
यस अनुसार सबै आवेदकले न्यूनतम १० देखि २० कित्तासम्म शेयर पाउने देखिन्छ । कम्पनीले जेठ ३२ गतेदेखि सर्वसाधारणका लागि कुल ६९ लाख ११ हजार ६७० कित्ता आईपीओ निष्कासन गरेको थियो । फर्जी आवेदनका कारण असार ४ गतेदेखि रोकिएको आवेदन असार २२ गतेदेखि पुनः खुला भएको थियो ।