काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताले आइएमई हस्पिटालिटी र इला होटल एण्ड रिसोर्टमा १५ प्रतिशतसम्मको छूट पाउने भएका छन् ।
छूटसम्बन्धी समझदारीमा बैंकका सहायक महाप्रवन्धक दिलिप पोखरेल र हस्पिटालिटीका प्रमुख कार्यकारी अधिकृत प्रशन्न अधिकारीले हस्ताक्षर गरेका छन् । समझदारीअनुसार बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक एवम् बैंकको मोबाइल एप ‘ग्लोबल स्मार्ट प्लस’का प्रयोगकर्ताले हस्पिटालिटीद्वारा सञ्चालित होटल तथा रिसोर्टमा १५ प्रतिशत र मौलाकाली केबलकारको टिकटमा १० प्रतिशत छूट पाउनेछन् ।
आइएमई समूहको लगानीमा देशका विभिन्न स्थानमा पर्यटक तथा पाहुनालाई लक्षित गरी स्तरीय सेवा सुविधा प्रदान गर्न होटल तथा रिसोर्ट सञ्चालनमा ल्याएको बताइएको छ । आफ्ना ग्राहकको सुविधालाई ध्यानमा राखी बैंकले विभिन्न किसिमका समय सान्दर्भिक योजना ल्याएर ग्राहकलाई लाभान्वित गर्दै आएको बताइएको छ ।