काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको यस वर्षको ५ दशमलव ५ प्रतिशत बोनस शेयर कर वापत्को रकम जम्मा भएपछि मात्र सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा हुनेछ ।
कम्पनीले गत मंसिर २७ गते सम्पन्न १८औं वार्षिक साधारण सभाबाट गत आर्थिक वर्ष ०८०/८१ को मुनाफाबाट ५ दशमलव ५ प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव पारित गरेको थियो । उक्त बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत भैसकेको छ । बोनस शेयर वापत्को ५ प्रतिशत कर सबै लगानीकर्ताले भने तिर्नुपर्ने छैन् ।
ग्लोबल आइएमई बैंक र साविक बैंक अफ काठमाण्डू लिमिटेड एक आपसमा गाभिई २०७९ साल पुस २५ गतेदेखि एकिकृत कारोबारमा गएका हुन । एकिकृत कारोबार हुँदासम्म कायम शेयरधनीहरुले भने बोनसमा लाग्ने कर वापत्को रकम छुट पाउनेछन् ।
एकिकृत कारोबार पछि २०८१ साल मंसिर ६ गते बिहीवारसम्म कायम शेयरधनीहरुले मात्र कर वापत्को रकम बुझाउनुपर्ने भएको हो । सम्बन्धित शेयरधनीहरुले कर वापत्को रकम ट्याक्स अन बोनस शेयर ८०–८१ नाममा रहेको बैंकको खाता नम्बर ०००७५३०५२४०४७ मा जम्मा गरी सोको भौचर शेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटलको इमलेमा पठाउनुपर्नेछ ।