काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरणअनुसार कम्पनीले चालू आवको पहिलो त्रैमासमा रू. १ करोड १८ लाख नोक्सानीमा रहेको छ ।
कम्पनीले गत आवको पहिलो त्रैमासमा रू. ९ करोड २० लाख नाफा कमाएको थियो । चालू आवमा कम्पनीले सम्भावित जोखिम व्यवस्थापनमा धेरै रकम छुट्याउँदा नोक्सानीमा गएको हो ।कम्पनीले गत आवमा सम्भावित जोखिम व्यवस्थापनमा रू. ३ करोड ८९ लाख छुट्याएकोमा चालू आवमा रू. १ अर्ब ३४ करोडभन्दा बढी छुट्याएको छ । सोही कारण सञ्चालन नाफा रू. १ अर्ब ३१ करोड ऋणात्मक रहेको छ ।
त्यसैगरी कम्पनीको चुक्तापूँजी रू. ९८ करोड २५ लाख रहेको छ भने जगेडामा कम्पनीले रू. १ अर्ब २७ करोडभन्दा बढी सञ्चित गरेको छ । चालू आवको पहिलो त्रैमासमा कम्पनीले रू. ६ अर्ब ३८ करोड सापटी एवं रू. ३ अर्ब ७८ करोड निक्षेप संकलन गरेर रू. १३ अर्ब २४ करोडभन्दा बढी कर्जा लगानी गरेको छ ।
सो अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ४ दशमलव ८० ऋणात्मक र प्रतिशेयर नेटवर्थ रू. २३० दशमलव ०७ रहेको छ ।