काठमाडौं । कुमारी बैंक लिमिटेडले ७ हजार ८८१ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले यसअघि विद्यमान संस्थापक शेयरधनीहरूले खरीद नगरेका यी शेयर अन्य व्यक्ति तथा संस्थामा विक्री गर्न लागेको हो ।
इच्छुक खरीदकर्ताहरूले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालग टंगाल, काठमाडौं र शेयर रजिष्ट्रारको कार्यालय नक्साल, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ । यी शेयरको मूल्य विक्रेताले तोकेबमोजिम हुने जानकारी कम्पनीले दिएको छ ।