काठमाडौं । सोमवार धितोपत्र दोस्रो बजारमा १३ अर्ब १८ करोड रुपैयाँभन्दा बढीको ३ करोड ३६ लाखभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको छ ।
पछिल्लो कारोबार दिन कारोबार रकम बढेको छ । अघिल्लो कारोबार दिन ११ अर्ब ४४ करोड रुपैयाँभन्दा बढीको कारोबार भएकोमा सोमवार कारोबार रकम बढेको हो ।
सानिमामाई हाइड्रोपावरले कुल कारोबार रकममा सर्वाधिक हिस्सा ओगटेको छ । यस कम्पनीको ९५ करोड १६ लाख रुपैयाँभन्दा बढीको १४ लाख ३५ हजारभन्दा बढी कित्ता शेयर कारोबार भएको हो ।
सोमवार नेप्से परिसूचक २ दशमलव ८० अंक बढेर २ हजार ६५८ दशमलव ६६ विन्दुमा बन्द भएको छ । यस दिन २ हजार ६७९ दशमलव ७४ विन्दुमा पुगेको नेप्से २ हजार ६५२ दशमलव १३ विन्दुसम्म झरेको थियो । अघिल्लो दिन स्थिर बनेको नेप्से यो दिन भने सामान्य अंकले उकालो लागेको हो । परिसूचक बढ्न नसके पनि कारोबार रकममा देखिएको उत्साहले आगामी दिनमा बजार बढ्ने आशा ब्रोकरहरूले गरेका छन् । यस दिन १२४ कम्पनीको धितोपत्र मूल्य बढ्दा १२४ कम्पनीकै धितोपत्र मूल्य घटेको छ ।
पियोर इनर्जी र पिपुल्स पावरको शेयर मूल्य उच्च दरमा बढ्दा यस दिन अपर हेवाखोला हाइड्रोपावरको शेयर मूल्य भने सर्वाधिक ७ दशमलव ५८ प्रतिशत घटेर अन्तिम मूल्य ५१७ रुपैयाँ ९९ पैसा कायम भएको छ ।
पियोर इनर्जीको शेयर मूल्य १० प्रतिशत बढेर प्रतिकित्ता ९९७ रुपैयाँ ८० पैसा कायम भएको छ भने पिपुल्स पावरको शेयर मूल्य ९ दशमलव ९९ प्रतिशत बढेर प्रतिकित्ता ३९७ रुपैयाँ २० पैसा कायम भएको छ ।
सोमवार लगानीकर्ताको आकर्षण होटल तथा पर्यटन समूहका कम्पनीहरूमा देखिएको छ । होटल तथा पर्यटन समूहको परिसूचक यस दिन सर्वाधिक ४ दशमलव ६९ प्रतिशत बढेको छ । यस दिन वित्त समूहको परिसूचक भने सर्वाधिक १ दशमलव २२ प्रतिशत घटेको छ ।
आइतवारको तुलनामा सोमवार कुल बजार पूँजीकरण ४ अर्ब ९८ करोड रुपैयाँभन्दा बढीले वृद्धि भएको छ । आइतवार ४४ खर्ब २४ अर्ब ४७ करोड ९७ लाख रुपैयाँ रहेको कुल बजार पूँजीकरण सोमवार ४४ खर्ब २९ अर्ब ४६ करोड ७४ लाख रुपैयाँ कायम भएको हो ।