काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको ७ दशमलव ५ प्रतिशत बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीले असार २ गते नेप्सेमा उक्त बोनस शेयर वापत्को १५ लाख कित्ता शेयर सूचीकृत गराएको हो । यी शेयर मंगलवारदेखि कारोबारयोग्य हुुनेछन् । सम्बन्धित शेयरधनीहर"ले आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र यी शेयर कारोबार गर्न सक्नेछन् । यस कम्पनीले चैत २१ गते सम्पन्न वार्षिक साधारणसभाबाट उक्त बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।
यस वर्ष कम्पनीले बोनस शेयर प्रयोजनका लागि शून्य दशमलव ३९ प्रतिशत नगद लाभांशसमेत वितरण गर्ने प्रस्ताव सोही सभाबाट पारित गरेको थियो । यो लाभांश प्रयोजनका लागि कम्पनीले चैत ८ गते एक दिन बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा चैत ८ गतेभन्दा अघिल्लो कारोबार दिनसम्म चैत ७ गतेसम्म कायम शेयरधनीहर"ले मात्र कम्पनीको बोनस शेयर प्राप्त गरेका छन् ।