काठमाडौं । विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको कुल ९६ लाख ७१ हजार ८८ कित्ता शेयर असार ३ गतेदेखि कारोबारयोग्य हुँदै छ । कम्पनीको संस्थापकतर्फको ८४ लाख ७३ हजार ५०० कित्ता, कर्मचारीतर्फको ६७ हजार ७८८ कित्ता र आयोजना प्रभावित स्थानीयतर्फको १११ लाख २९ हजार ८०० कित्ता शेयर तीन वर्षका लागि लकइनमा रहेको थियो । सर्वसाधारण लगानीकर्तामा कम्पनीले २०७९ साल असार ३ गते आईपीओ बाँडफाँट गरेको थियो ।
उक्त मितिदेखि तीन वर्षका लागि लकइनमा रहेको यी शेयरको लकइन अवधि असार २ गते सकिएको छ । सम्बन्धित शेयरधनीहरूले यी असार ३ गतेदेखि आफ्नो स्वामित्वको शेयर कारोबार गर्न सक्ने छन् । सञ्चालक तथा कम्पनीको उच्च व्यवस्थापकिय पदमा कार्यरत कर्मचारीहरुको हकमा भने नियमानुसार शेयर रोक्का रहने जानकारी कम्पनीले दिएको छ ।