काठमाडौं। गरिमा विकास बैंक लिमिटेडको १८औं वार्षिक साधारणसभा सोमवार पोखरामा सम्पन्न भएको छ । साधारणसभाले प्रस्तुत सम्पूर्ण प्रस्ताव छलफल गरी सर्वसम्मत पारित गरेको छ । बैंकले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदनसहित शेयरधनीलाई प्रस्ताव गरिएको ५ प्रतिशत (कर सहित)को नगद लाभांश पारित गरेको छ ।
साधारण सभाबाट आगामी कार्यकालका लागि संस्थापक शेयरधनीको प्रतिनिधित्व गर्ने तीनजना सञ्चालक दिलिप प्रताप खाँड, श्यामप्रसाद बस्याल र दिपेन्द्र श्रेष्ठ निर्वाचित भएका छन् । त्यसैगरी सर्वसाधारण शेयरधनीको प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकमा विमल पाण्डे, शोभाकान्त ढकाल र आयुष्मा कोइराला निर्वाचित भएका छन् । साधारणसभापश्चात् बसेको नवनिर्वाचित सञ्चालकहरूको बैठकले दिलिप प्रताप खाँडलाई सञ्चालक समितिको अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको बताइएको छ । हाल बैंकको चुक्तापूँजी रू. ५ अर्ब ६८ करोड ५ लाख १७ हजार ३ सय २७ रहेको बताइएको छ ।